आइतबार, भाद्र २८ गते २०८३
images

पीएनजीलाई हराउँदै नेपाल फाइनल पुग्ने दाउमा

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 369
    SHARES
  • पीएनजीलाई हराउँदै नेपाल फाइनल पुग्ने दाउमा

    चैत १७ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा १२:३० बजेबाट सुरु हुनेछ ।

    images

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै  फाइनल पुग्न चाहन्छ । 'हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो ', बुधबार मलेसियालाई पराजित गरेपछी कप्तान सन्दीपले भने । 

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

    images

    नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ । मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।