आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिका विश्वकपमा छनोट

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 433
    SHARES
  • अमेरिका विश्वकपमा छनोट

    चैत १७ काठमाडौं । कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । 

    images

    यस्तै, तालिकाको चौथो स्थानको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे ।

    images

    बिहीबारै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २-० ले पराजित गर्दा क्यानडा पानामासँग १-० ले र होन्डुरस जमैकासँग २-१ ले पराजित भयो ।