आइतबार, भाद्र २८ गते २०८३
images

पिएनजीविरुद्ध नेपाल पहिला ब्याटिङमा, आदिलको डेब्यु

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 274
    SHARES
  • पिएनजीविरुद्ध नेपाल पहिला ब्याटिङमा, आदिलको डेब्यु

    चैत १७ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टि२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पिएनजी०विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ । 

    images

    पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित भएको थियो । 

    पीएनजी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको उसले दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो ।

    images

    दुई खेलमा शीर्ष स्थानको नेपालको चार अंक छ भने समान दुई खेलमा दोस्रो स्थानको मलेसियाको दुई अंक छ । पीएजनी भने अंकविहीन छ । 

    यस्तै पीएनजीविरुद्धको खेलमा नेपालका आदिल खानले सिनियर टोलीबाट डेब्यु गर्दै छन् । पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई भने बिहीबार आराम दिइएको छ ।