आइतबार, भाद्र २८ गते २०८३
images

दिपेन्द्रको सानदार ब्याटिङमा पिएनजीलाई विशाल लक्ष्य

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 360
    SHARES
  • दिपेन्द्रको सानदार ब्याटिङमा पिएनजीलाई विशाल लक्ष्य

    चैत १७ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टि२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी पिएनजीलाई २०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमाटस हारेर ब्याटिङको निम्तो पाएको नेपालल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएपछि पिएनजीले २०४ रनको विशाल लक्ष्य पाएको छ । 

    दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङमा नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको हो । दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । कुल ३३ बलमा ४ छक्का र ३ चौकासहित ६६ रनमा दीपेन्द्र आउट भए । यस्तै रोहित कुमार पौडेलले ४१ रन, आसिफ शेखले ३८, आदिल आलम ३१ रन बनाउँदै ओपनर कुशल भुर्तेलले १७ रनको योग्दान दिए । 

    images

    यस्तै पिएनजीको लागि काबुआ मोरियाले सर्वाधिक ३ विकेट लिदाँ रिले हेकुरे २, नर्मन भानुआ र नोसैना पोकनाले समान १/१ विकेट लिए । 

    नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ ।