आइतबार, भाद्र २८ गते २०८३
images

करणको ५० विकेट पूरा

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 405
    SHARES
  • करणको ५० विकेट पूरा

    चैत १७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टि२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । 

    images

    करणले त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० शृंखला अन्तर्गत पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय टि२० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । 

    करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए ।

    images

    आजको खेलसँगै नेपाली टिमको समेत टी-२० खेलमा ५० खेल पूरा भएको छ ।