चैत १७ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० शृंखला अन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)लाई ३७ रनले हराउँदै नेपाल एक खेल अघिनै फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएपछि २०४ रनको विशाल लक्ष्य पाएको पिएनजीले १९.४ बलमा अल आउट हुँदै १६६ रन मात्रै बनाउँन सक्यो ।
नेपालका लागि अलराउन्डर करण केसीले ह्याट्रिक लिन सफल भए । टि२० आईमा नेपालका लागि ह्याट्रिक लिने करण पहिलो खेलाडी बनेका छन । यस्तै उनले टि२० क्रिकेटमा ५० विकेट समेत पूरा गरेका छन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।
यस्तै सोमपाल कामी र अभिनाष बोहराले समान २२ विकेट लिए पनि कप्तान सन्दीप लामिछाने एक विकेट लिए ।
यता पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ६२ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।


