आइतबार, भाद्र २८ गते २०८३
images

फिफा वरीयतामा नेपालको एक स्थान खस्कियो

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 432
    SHARES
  • फिफा वरीयतामा नेपालको एक स्थान खस्कियो

    चैत १७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । 

    images

    यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

    यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ । 

    images

    वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् । यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स रहेको छ ।