आइतबार, भाद्र २८ गते २०८३
images

दमक गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्दै

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 414
    SHARES
  • दमक गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्दै

    चैत १८ झापा । झापाको दमकमा जारी दमक गोल्डकपको फुटबल प्रतियोगिता २०७८ को अन्तिम खेल अर्थात् फाइनल खेल आज शुक्रबार हुँदैछ । जसमा  नेपाल आयल निगम मनाङ मस्र्याङ्दी फुटबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच उपाधि भिडन्त हुँदैछ । 

    images

    दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने यी दुई टोलीबिचको खेल दिउँसो ३ बजेबाट सुरु हुने आयोजकले जानएको छ । 

    मनाङले मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै यता पुलिसले दोस्रो सेमिफाईनल खेलमा रुपन्देहीको गोर्खा ब्वाईजलाई १-० ले पराजित गर्दै फाइन पुगेको हो ।

    images

    यस्तै आज हुने फाइनल खेलमा पुलिस माथि जित निकाल्दै सिजन दोस्रो उपाधि उचाल्ने दाउमा रहेको मनाङ कप्तान अञ्जन विष्टले बताए । उनले भने 'मोफलका सबै खेल हाम्रो लागि फाइनल सरह हो । हामी यस प्रतियोगिताको उपाधि जित्दै जारी सिजन अन्त्य गर्न चाहन्छौं' । 

    प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।