आइतबार, भाद्र २८ गते २०८३
images

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 420
    SHARES
  • कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

    चैत १८ काठमाडौं । एसियाली राष्ट्र कतारमा आयोजना हुने कतार विश्वकप-२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयअनुसार ९:४५ बजेपछि हुनेछ ।

    images

    हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । 

    अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरी तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ ।

    images

    फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार ‘पोट’मा विभाजन गरेको छ । प्रत्येक ‘पोट’मा आठ टोली छन् । यसरी आठ पोटमा चार चार राष्ट्र रहि समूह निर्धारण गरिनेछ ।

    यसपटकको विश्वकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ । विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो ।