चैत १८ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा पिएनजीले मलेसियाबाट १९७ रनको लक्ष्य पाएको छ ।
पपुवा न्युगिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९६ रन बनाएपछि पिएनजीले १९७ रनको विशाल लक्ष्य पाएको हो ।
मलेसियाको लागि कप्तान अहमद फैजले अर्धशतकीय पारी खेले उनले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । यस्तै अहमद जुल्किफ्ले ४६, सैयद अजिज ६४ रन बनाए । विरनदीप सिंहले १० र महमोद आमप्रले ८ रनको योग्दान दिए ।
यता पिएनजीका लागि काबुआ मोरियाले सर्वाधिक ४ विकेट लिए । यस्तै रिले हेकुरे र चाड सोपरले समान ११ विकेट लिए । यस्तै उक्त खेलमा मेलियाले जित निकालेको खण्डमा मलेसिया फाइनलमा प्रवेश गर्नेछ । यस्तै पिएनजीले जितेको खण्डमा उसको फाइनल पुग्ने यात्रा नेपालको खेलमा भर पर्नेछ ।


