चैत १८ काठमाडौं । त्रिवि क्रिकेट मैदान जारी त्रिकोणत्म टि२० अन्तर्राष्ट्रिय श्रृंखलामा पिएनजीले सहज जित निकालेको छ । उसको लागि मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ ।
लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पीएनजीले टि२० आई आफ्नो इतिहासमा पूरा गरेको सर्वाधिक सर्वाधिक ठूलो लक्ष्य हो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको अविजित विष्फोटक इनिङ खेले ।
यस्तै ओपनर तथा कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि उरा र भालाले १ सय ३७ रनको अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै जित पक्का गराए । यता चार्ल्स अमिनीले २८ रनको योग्दान दिए ।
यता मलेसियाका लागि मोहम्मद वाफिक र इद्रुसले १/१ विकेट लिए ।
यसअघि पपुवा न्युगिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९६ रन बनाएपछि पिएनजीले १९७ रनको विशाल लक्ष्य पाएको हो ।
मलेसियाको लागि कप्तान अहमद फैजले अर्धशतकीय पारी खेले उनले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । यस्तै अहमद जुल्किफ्ले ४६, सैयद अजिज ६४ रन बनाए । विरनदीप सिंहले १० र महमोद आमप्रले ८ रनको योग्दान दिए ।
यता पिएनजीका लागि काबुआ मोरियाले सर्वाधिक ४ विकेट लिए । यस्तै रिले हेकुरे र चाड सोपरले समान ११ विकेट लिए ।


