आइतबार, भाद्र २८ गते २०८३
images

एन्फा केन्द्रीय समस्य पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 520
    SHARES
  • एन्फा केन्द्रीय समस्य पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना

    चैत १८ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्य तथा पूर्वखेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छन् ।

    images

    एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिवसमेत रेहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरी तीन लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् । उनले यो रकमबाट वार्षिक रूपमा ब्याजबापत प्राप्त रकम हरेक वर्ष महिला दिवस मार्च ८ का दिन एकजना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छन् । 

    यसका लागि उनले एक छनोट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्नेसमेत जनाएकी छन् । यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरूले फुटबल विकासमा पुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरूलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको उनको भनाइ छ ।

    images

    लामाले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जानेसमेत जानकारी गराइन् । दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टरसमेत रहिसकेकी छन् ।