चैत १८ काठमाडौं । झापाको दमकमा जारी दमक गोल्डकपको फुटबल प्रतियोगिता २०७८ नेपाल आयल निगम मनाङ मस्र्याङ्दी फुटबल क्लबले जितेको छ ।
शुक्रबार दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० गोलले हराउँदै सिजनको दोस्रो उपाधि उचाल्न सफल भएको हो ।
निकै रोमाचक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको छ । यस्तै खेलको म्यान अफ दि म्याच मनाङका मौसा भएका छन् ।
उक्त उपाधि सँगै मनाङले १३ लाख ११ हजार तथा उपविजेताले पुलिसले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो ।
कुन खेलाडीले के जिते
उत्कृष्ट गोलरक्षक : विशाल सुनार (मनाङ)
उत्कृष्ट डिफेन्डर : अञ्जन राई (पुलिस)
उत्कृष्ट मिडफिल्डर : शिशिर लेखी (मनाङ)
उत्कृष्ट फरवार्ड : निल कुमार राई (पुलिस)
सर्वाधिक गोलकर्ता : ओलावाले आफिज (मनाङ)
उत्कृष्ट प्रशिक्षक : राजेन्द्र तामाङ (मनाङ)
यी सबैले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गरेका छन्
।


