आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र मलेसिया भिड्दै

एक्सप्रेस पाना
चैत्र १९, २०७८ शनिबार
  • 321
    SHARES
  • नेपाल र मलेसिया भिड्दै

    चैत १९ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । उक्ति खेल दिउँसो १२:३० बजेबाट सुरु हुनेछ ।

    images

    यसअघिका तीन खेलमा सहज जित निकाल्दै नेपाल १ खेल अगाडि नै फाइनल यात्रा तय गरेको थियो । यस्तै आजको खेलमा मलेसिया जितेको खण्डमा ऊ फाइनलमा प्रवेश गर्नेछ । भने पराजित भएको खण्डमा ऊ प्रतियोगिताबाट बाहिरिनेछ ।

    टियु मैदान किर्तिपुरमा शुक्रबारको खेलमा पिएनजीसँग पराजित मलेसियाको टोली र पिएनजीको टोली समान अंकमा रहेकाले आजको खेल जितेर मलेसिया फाइनल पुग्न चाहान्छ । नेपाललाई घरेलु मैदानमा पराजित गर्न भने मलेसियालाई त्यती सहज देखिन्न।

    images