आइतबार, भाद्र २८ गते २०८३
images

शतप्रतिशत जितसँगै नेपाल फाइलमा, उपाधि भिड्न्त पिएनजीसँग

एक्सप्रेस पाना
चैत्र १९, २०७८ शनिबार
  • 364
    SHARES
  • शतप्रतिशत जितसँगै नेपाल फाइलमा, उपाधि भिड्न्त पिएनजीसँग

    चैत १९ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० क्रिकेट प्रतियोगिता नेपाल शतप्रतिशत जितसँगै फाइनलमा यात्रा तय गरेको छ । 

    images

    शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरको खेलमा १९.५ मा आलआउट हुँदै १३८ रनमा समेटिपछि नेपाल ८५ रनले विजयी भएको हो ।

    मलेसियाका लागि वनदीप सिंहले सर्वाधिक ४७ रनको योग्दान दिए । यस्तै कप्तान अहमद फैजले ३३ रन तथा सैयद अजिजले १७ रन बनाउनु बाह्यक अन्य कुनै ब्याटसम्याने राम्रो प्रदर्शन गर्न सकेनन् ।

    images

    यता नेपालका लागि कप्तान सन्दीप लामिछाने ३ विकेट कमल ऐरी २ र दीपेन्द्रले समान २/२ विकेट हात पारे । भने कुशल भुर्तले र रोहित कुमार पौडेलले समान १/१ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षेतिमा २२३ रन बनाएपछि मलेसियाले २२४ रनको विशाल लक्ष्य पाएको हो ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक उनले ११० रनको शतकीय इनिङ पूरा गरे ।दिपेन्द्रले ५५ बल १० चौका र ५ छक्कासहित शतक पूरा गरे । यस्तै युवा ब्याटर रोहितले ५१ रनको अर्धशतकीय इनिङ पूरा गरे उनले ३२ बल ५ चौकासहित ५० रन पूरा गरेका हुन् । यता ओपन कुशल भुर्तेल १२, आशिफ शेख १८ र महमोद आलामले १४ रनको योग्दान दिए ।

    यता मलेसियाको लागि मोहम्मद वाफिक, मोहम्मद आमिर , स्याजरुल इद्रुस र पवनदीप सिंहले समान १/१ विकेट लिए । उक्त जितसँगै नेपालले ४ खेलमा ४ जितसँगै ८ अंक जोडेर फाइनलमा स्थान बनाएको छ । यता पराजित मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । भने अब नेपालले उपाधिका लागि पिएनजीको समना गर्नेछ । उक्त खेल आगामी सोमबार त्रिवि क्रिकेट मैदानमा १२:३० बजे हुनेछ ।