आइतबार, भाद्र २८ गते २०८३
images

अष्ट्रेलियाविरुद्ध पाकिस्तानलाई एकदिवसीय श्रंखला

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 271
    SHARES
  • अष्ट्रेलियाविरुद्ध पाकिस्तानलाई एकदिवसीय श्रंखला

    एजेन्सी । घरेलु टोली पाकिस्तानले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा २-१ ले जित निकालेको छ । पाहुना टोली अष्ट्रेलियाले पहिलो खेल जित्दा लगातार दुई खेलमा हार बेहोर्‍यो ।

    images

    शनिबार भएको अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

    लाहोरमा २११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २१४ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १०५ रन बनाए । यस्तै इमामुल हकले ८९ रनको योगदान गरे । अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २१० रन बनाउन सक्यो । उसका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाउन बनाए । सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४ रन बनाए । 

    अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३/३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।