आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 227
    SHARES
  • प्रिमियर लिग : सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ ।

    images

    शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । यस्तै २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

    अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो । लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान १/१ गोल गरे ।

    images

    खेलको २२औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलाई सुरुवाती अग्रता दिए । यस्तै खेलको ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

    यता अर्को खेलमा भने लण्डन क्लब चेल्सीले अप्रत्याशित नतिजा निकालेको । उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो । ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।

    खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ । समान ३० खेलबाट युनाइटेड ५१ अंकसहित ७ औं स्थानमा रहेको छ ।