चैत २० इटहरी । १२औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटब क्लब र भारतीय क्लब कञ्चनजंगा फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट इटहरी रंगशाला सुनसरीमा सुरु हुनेछ ।
जारी सिजनको मोफसलमा दुई उपाधि उचालीसकेको मनाङ आजको खेलमा सहज जित निकाल्दै तेस्रो उपाधि यात्रामा सक्षम रहेको प्रमाणीत गर्ने चाहन्छ ।
मनाङले यस अघि देशकै सर्वाधिक धनराशिको सुदूपश्चिम खप्तड गोल्डकप धनगढीमा र दमक गोलडक झापामा च्याम्पियन बनेको थियो । यस्तै मनाङ सिजनको पहिलो मोफसल प्रतियोगिता आहा रारा गोल्डकप पोखरामा भने फाइनल खेलमा मनाङ एपिएफसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
यस्तै हिजो सम्प्रन पहिलो क्वाटरफाइनल खेलमा आयोजक क्लब राष्ट्रिय जागृति क्बल इटहरीलाई २-१ गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ ।


