आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान सन्दीप भन्छन्- फाइनलमा शतप्रतिशत दिएर खेल्छौं

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 472
    SHARES
  • कप्तान सन्दीप भन्छन्- फाइनलमा शतप्रतिशत दिएर खेल्छौं

    चैत २० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् ।

    images

    फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए । 

    ‘फाइनल खेल निकै नै महत्पूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको फाइनल खेल कीर्तिपुर.स्थित टियु मैदानमा दिउसो साठे १२ बजे सुरु हुनेछ । 

    images

    त्रिदेशिय टि२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो । 

    यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ । 

    खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो । सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए । 

    ‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने । यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलिसमेत प्रतियोगिता जित्न खेल्ने बताए ।