एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविकको विजेता इन्टर मिलानसँग युभेन्टस पराजित भएको छ ।
आइतबार राति युभेन्टसको घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्टस मिलानसँग १-० गोलले पराजित भएको हो । इन्टरको जितमा हाकान कालहानोग्लुको निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरेका हुन् ।
त्यसपछि बाकी समय दुबै टोलीबाट गोल हुने नसकेपछि मिलान विजयी भयो ।
उक्त सँगै इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।


