एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई १-० अन्तरले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा सम्पन्नता भएको खेलमा युवा खेलाडी पेड्रीको निर्णायक गोल गरे ।
निकै रोमाञ्च बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पासमा पेड्रीले गोल गरे ।
उक्त जितसँगै २९ खेलबात ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिल्ला समान अंक भए पनि चौथो स्थानमा छ ।


