चैत २१ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० क्रिकेट श्रृङखला अन्तर्गत आज फाइनल खेलमा नेपालले पिएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
लगातार चार खेलमा जित निकालेको नेपाल आजको फाइनल खेलमा पनि जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा रहेको छ । यस्तो टोलीमा एक परिवर्तन भएको छ । मलेसियािविरुद्धको खेलमा घाइते भएका कमलिसंह एैरीको स्थानमा सोमपाल कामीले सुरुवाती ११ मा स्थान बनाए छन् ।

