चैत २१ काठमाडौं । त्रिकोणात्मक टि२० क्रिकेट श्रृङखला अन्तर्गत जारी फाइनल खेलमा नेपालले पिएनजीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाए पछि पिएनजीले १६९ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह एैरीले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ५ चौकासहित ५४ रनमा अविजित रहे । यस्तै उनले पिएनजीविरुद्ध खेलमा टि२० आईमा एक हजार रन बनाउने नेपालको पहिलो खेलाडीको कीर्तिमान समेत राखे ।
यस्तै अलराउन्डर करण केसीले आक्रमक पारी खेले उनले १२ बलमा ५ चौका र एक छक्कसहित ३३ रनमा अविजित रहे । यता ओपनर आशिफ शेख २९ रन, कुशल भर्तेल २५, महोमद आलिद आलम १५ रन बनाउँदा दिलिप नाथ र आरिफ शेख शुन्य रनमा आउट भए । यस्तो रोहित कुमार पौडेर २ रनमा क्याच आउट भए ।
पिएनजीका लागि सेमो कमियाले सर्वाधिक ३ विकेट लिए । यस्तै चाड सोपर,काबुआ मोरिया र रिले हिकुरेले समान १/१ विकेट लिए ।


