चैत २१ काठमाडौं । नेपाल,मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टि२० श्रृङखलामा नेपाल च्याम्पियन बनेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले पिएनजीलाई ५० रनले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पिएनजी सामु १६९ रनको लक्ष्य दिएको छ ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ बलमा अलआउट हुँदै ११७ रन मात्रै बनाउन सक्यो । पिएनजीका लागि सेसे बाउले ५६ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जिताउन असफल रहे । पिएनजीका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यता नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ तथा सन्दिप लामिछानेले२ र करण केसीले ३ विकेट लिए ।
यता नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ तथा सन्दिप लामिछानेले२ र करण केसीले ३ विकेट लिए ।
त्यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५४ रन बनाए भने करण केसीले ३३ रन बनाए । पपुवा न्यु गिनीका लागि सेमो काबियाले ३ लिए।


