आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले जिम्बावे ए सँग एकदिवसीय र टि२० सिरीज खेल्ने

एक्सप्रेस पाना
चैत्र २१, २०७८ सोमबार
  • 439
    SHARES
  • नेपालले जिम्बावे ए सँग एकदिवसीय र टि२० सिरीज खेल्ने

    चैत २१ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ए सँग एकदिवसीय र टि२० सिरीज खेल्ने भएको छ ।

    images

    नेपाली टोलीसँग सिरिज खेल्न जिम्बावेको टोली अप्रिल अन्तिम तिर नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    जिम्बावेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टि२० मान्यता नहुने भएको बताएको छ । ‘जिम्बावेको ए टोली नेपालमा आउने पक्का भएको छ । नेपालमा जिम्बावेको ए टोलीले एकदिवसीय र टि२० सिरिज खेल्नेछ ।

    images

    जिम्बावेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टि२० अन्तर्राष्ट्रियको मान्यता हुने बताएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिजको तयारीका लागि जिम्बावे एविरुद्धको खेल महत्वपूर्ण भएको मल्लले बताए ।