आइतबार, भाद्र २८ गते २०८३
images

मछिन्द्र र ब्लु स्टार भिड्दै

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 477
    SHARES
  • मछिन्द्र र ब्लु स्टार भिड्दै

    चैत २१ काठमाडौं । एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    'ए' डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो । 

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । खेल अघि कन्सर्ट हुने आयोजकले जनाएको छ ।

    images

    यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ । खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्य तर्फ ५ सय राखिएको छ ।