आइतबार, भाद्र २८ गते २०८३
images

एन्फा चुनावको मिति सर्‍यो

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 233
    SHARES
  • एन्फा चुनावको मिति सर्‍यो

    चैत २२ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्नेगरी मिति सारिएको छ । २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो ।

    images

    तय मिति अनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधरण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेद्वारको मनोनयन शुल्क निर्धारण गरेको थियो ।

    पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।

    images

    जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ ।