आइतबार, भाद्र २८ गते २०८३
images

ब्लु स्टारविरुद्ध मछिन्द्रको सुरुवाती ११ सार्वजनिक

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 405
    SHARES
  • ब्लु स्टारविरुद्ध मछिन्द्रको सुरुवाती ११ सार्वजनिक

    चैत २१ काठमाडौं । एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    'ए' डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक  नेपालको प्रतिनिधित्व गर्ने भएको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । यस्तै उक्त खेलको लागि मछिन्द्रले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

    यस्तो मछिन्द्रको सुरुवाती ११ : सुजल श्रेष्ठ (कप्तान) विशाल राई, सुनिल बल, विमल घर्ती मगर, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, रञ्जित धिमाल, घिरिङ गुरु, नुर्लान नोव्रुजोभ,ओमोलाजा करीम, एन्ड्रेस चौन्कु

    images