आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन लिग : पहिलो लेगमा सिटी र लिभरपुल विजयी

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 308
    SHARES
  • च्याम्पियन लिग : पहिलो लेगमा सिटी र लिभरपुल विजयी

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको पहिलो क्वाटरफाइनल खेलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

    images

    मंगलबार राति सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । 

    बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले  एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।

    images

    अर्को खेलम लिभरपुलले बेन्फीकामाथि ३-१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले १/१ गोल गरे । पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे । अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।