एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्बल फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा स्पेनिस ला लिगा फुटबल क्लब भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखलाई १(० अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा घरेलु टोली भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।
खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । उक्त हारसँगै बायर्न सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा हुनेछ ।


