चैत २४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका भरपर्दा मिडफिल्डर विशाल राई पुन टोलीमा थपिएका छन् । गत बिहिविार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका थिए । उक्त टोली घोष्णा गरेको एक हप्तामै पुन बिशाल राई टोलीमा परेका छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँगै परेको छ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । उक्त सबै खेल कुवेतमा हुनेछन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षण १५ अप्रिल २०२२ देखि सुरु हुनेछ।
यस्तो छ टोली : किरण कुमार लिम्बु (कप्तान) दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, विशाल राई ।


