आइतबार, भाद्र २८ गते २०८३
images

फ्रान्कफुर्टसँग बार्सिलोना रोकियो

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 509
    SHARES
  • फ्रान्कफुर्टसँग बार्सिलोना रोकियो

    एजेन्सी । युरोपको दोस्रोपटक ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस ला लिगा फुटबल क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।

    images

    बिहीबार राति भएको खेलमा बार्सिलोना जर्मन बुन्डेसलिगा फुटबल क्लब फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    खेलमा ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।

    images

    खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।