आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएलमा गुजरातको लगातार तेस्रो जित

एक्सप्रेस पाना
चैत्र २६, २०७८ शनिबार
  • 355
    SHARES
  • आईपीएलमा गुजरातको लगातार तेस्रो जित

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।

    images

    मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएकाे थियाे । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । गुजरातका राशिद खानले ३ विकेट लिए ।

    images

    उक्त जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा  छ ।