आइतबार, भाद्र २८ गते २०८३
images

आर्मीलाई हराउँदै सगरमाथा इटहरी गोल्डकप च्याम्पियन

एक्सप्रेस पाना
चैत्र २६, २०७८ शनिबार
  • 644
    SHARES
  • आर्मीलाई हराउँदै सगरमाथा इटहरी गोल्डकप च्याम्पियन

    चैत २६ काठमाडौं । १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।

    images

    शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-४ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा आर्मीले पहिलो पेनाल्टीमा गोल गर्दा दोस्रो पेनाल्टी प्रहार गर्न आएका गौतम श्रेष्ठको पेनाल्टी सगरमाथाका गोलरक्षकले सेभ गरेका थिए । त्यस्तै तेस्रो पेनाल्टी सन्तोष तामाङले प्रहार गरेको बल आकाशीएको थियो भने विकास खवास र विवेक बस्नेतले गोल गरे पनि जित दिलाउन भने सकेनन् ।

    images

    यता सगरमाथाले लगातार तीन पेनाल्टीमा गोल गरे पनि चौथो पेनाल्टी प्राहर गरेका सगरमाथाका गोलरक्षको पेनाल्टी आर्मी गोलरक्षकले बचाएका थिए भने अन्तिम पेनाल्टी मिलन राईले गोल गर्दै सगरमाथालाई ३-४ गोल अन्तरको जितसँगै उपाधि दिलाउन सफल भए ।

    उक्त उपाधिसँगै सगरमाथाले प्रतियोगिताको ७ लाख नगद पुरस्कार पाउँदा उपविजेता आर्मी ३ लाख ५० हजारमा चित्तबुझाउन बाध्य भयो ।