एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ३२औं साताको खेलमा रोनाल्डो सम्मिलित म्यान्चेस्टर युनाइटेड एभर्टनसँग पराजित छ ।
शनिबार साझ एभर्टनको घरेलुु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेड १-० गोलले पराजित भएको हो ।
एभर्टनको विजमा एन्टोनी गोर्डनले निर्णायक गोल गरे । उनले खेलको २७औं मिनेटमा गोल गरेका हुन् ।
त्यसपछि बाँकी समय दुबैइ टोलीले गोलको लागि प्रयास गरे तापनि थप गोल नहुँदा युनाइटेड पराजित हुन पुग्यो । उक्त हार सँगै युनाइटेड छैटौं स्थानमा उक्ले अबसर गुमाएकाे छ । जारी सिजन ३२ खेलबाट युनाइटेडको ५१ अंक रहेको छ । यता विजयी एभर्टनको भने ३० खेलबाट २८ अंकसहित तालिकको १७औं स्थानमा रहेको छ ।


