आइतबार, भाद्र २८ गते २०८३
images

आइसीसी वरियतामा दीपेन्द्रको छलाङ

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 316
    SHARES
  • आइसीसी वरियतामा दीपेन्द्रको छलाङ

    चैत ३० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टि२० अलराउन्डर वरीयताको शीर्ष १० उक्लिएका छन् ।

    images

    आइसीसीले आज (बुधबार) जारी गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ उक्लिएका हुन् । दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

    यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले टि२० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए । घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

    images

    यस्तै, टि२० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् । यस्तै, टि २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन् ।

     टि२० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् ।यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन् ।