एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल भेट्रान्स फर्वाड क्रिस्टियानो रोनाडोल्डोको ह्याट्रिक गोलमा म्यान्चेस्टर युनाइटेले रोमाञ्च जित निकनलेको छ ।
शनिबार राती युनाइटेडको घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले पाहुना टोली नर्वेच सिटीमाथि ३-२ गोलको रोमाञ्च जित निकालको हो ।
युनाइटेडको जितमा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । उनले खेलको सातौं, ३२औं र ७६औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
उक्त जित सँगै युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ । जारी सिजन ३२ खेलबाट ५४ अंकसहित युनाइटेड पाँचौं स्थानमा उक्लिएको हो ।


