एजेन्सी । चिरपरिचित म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले पराजित हराउँदै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार वेम्बली रंगशालामा भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधी नजिक रहेको छ । सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन । लिभरपुलले उपाधिका लागि आइतबार साझ हुने चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासंग खेक्नेछ ।


