शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टिमोरसँग खेल्दै

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 491
    SHARES
  • नेपाल टिमोरसँग खेल्दै

    जेठ १४ काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा स्वरूप कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दोहाको ग्राण्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टे यू२३ सँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

    images

    एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।

    तर फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल