शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रियललाई १४औं च्याम्पियन्स लिग उपाधि

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 495
    SHARES
  • रियललाई १४औं च्याम्पियन्स लिग उपाधि

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग २०२१/२२ को उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ ।

    images

    फ्रान्सको राजधानी पेरिसमा शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।

    स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । उनले खेलको ५९औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।

    images

    त्यसअघि खेलको ४४औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । यता लिभरपुलले खेलमा थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।

    उक्त जितसँगै रियल कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । रियलले सन् १९५६ देखि १९५७, १९५८, १९५९, १९६०, १९६६, १९९५, २०००, २००२, २०१४, २०१६, २०१७ र २०२२ मा गरि हालसम्म १४औं पटक जितेको छ । जुन कुनै पनि क्लबले जितेको सबैभन्दा धेरै उपाधि हो ।

    लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ । यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग