शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 860
    SHARES
  • उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित

    जेठ १५ काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

    images

    शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेकाे हाे । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्‍याे । 

    सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो । उसको दुई खेलबाट तीन अंक छ । पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ । 

    images

    नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन् । जुन लिगमा १० टिमको सहभागीता रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # भलिबल