शुक्रबार, श्रावण २९ गते २०८३
images
images

म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्न : डा. भट्टराई

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 565
    SHARES
  • म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्न : डा. भट्टराई

    जेठ १५ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् । 

    images

    आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए । ६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे ।

    म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,' भट्टराईले भने । 

    images

    बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको उनको भनाइ थियो । सरकारले ७० वर्षे उमेरहदलाई घटाएर ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई