आइतबार, भाद्र २८ गते २०८३
images

लिग वान : पीएसजी र ब्रेस्ट भिड्दै, मेस्सीले डेब्यु गर्न सम्भावना कति ?

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 335
    SHARES
  • लिग वान : पीएसजी र ब्रेस्ट भिड्दै, मेस्सीले डेब्यु गर्न सम्भावना कति ?

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोतामा आज राति उपाधिको दाबेदार टोली पेरिस सेन्टर जर्मन (पीएसजीले) ब्रेस्टसँग जारी सिजनको तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुने खेल ब्रेस्टको घरेलु मैदान स्टेड फ्रान्सिस ले ब्लेमा हुनेछ ।

    images

    आज हुने खेलमा पीएसजीले आफ्ना सुपरस्टार लियोनल मेस्सीको बहुप्रतीक्षित डेब्यूबारे निर्णय गरिनसकेको बताएको छ । ३४ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सी बार्सिलोनाबाट गत साता मात्रैपीएसजीमा अनुबन्ध भएका थिए । 

    मेस्सीले गत महिना कोपा अमेरिका जितेयता कुनै खेल खेलेका छैनन् । तर पीएसजीबाट पर्याप्त प्रशिक्षण गरिसकेका छन् । त्यस्तै रियलका पूर्व कप्तान सर्जियो रामेसले पनि आजको खेलबाट डेब्यू गर्न सम्भावना रहेको छ । 

    images

    यस नयाँ सिजनमा पीएसजीले दुई खेल जितिसकेको छ भने ऊ तेस्रो जितको खोजीमा हुनेछ । हाल उसको ६ अंकसति तालिकाको तेस्रो स्थानमा रहेको छ । यता घरेलु टोली ब्रेस्टको भने समान खेलबाट अंक विहनि हुदै १२औं स्थानमा रहेको छ ।