शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राम्रो नतिजा लिएर आउँछौं : कप्तान मरासिनी

एक्सप्रेस पाना
जेठ १७, २०७९ मंगलबार
  • 395
    SHARES
  • राम्रो नतिजा लिएर आउँछौं : कप्तान मरासिनी

    जेठ १७ काठमाडौं । नेपाल यु-१९ राष्ट्रिय क्रिकेट टिमकी कप्तान कृतिका मरासिनीले राम्रो नतिजा निकाल्दै विश्वकपमा छनोट हुने विश्वास ब्यक्त गरेकी छिन् । 

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार मलेसिया प्रस्थान गर्ने टोलीको विदाई गरेको थियो । विदाई कार्यक्रममा बोल्दै कप्तान कृतिकाले तयारी राम्रो भएको र राम्रो नतिजा आउनेमा विश्वस्त रहिन् । 

    आशा गर्छाै की नेपालको लागि राम्रो रिजल्ट लिएर आउने छौं । राम्रो खेल्नेछौं ।’ १८ वर्षीय  दाँया हाते ब्याटर कृतिकाले भनिन् । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १४ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दैछ । 

    images

    खेलाडी तथा अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन कुमार सिंह लगायतले विदाई गरे ।  छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान, र कतारको सहभागीता रहेको छ । १५ खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । छनोटमा नेपालले पहिलो खेल ३ जुनमा कतारविरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल ४ जुनमा यूएईसँग रहेको छ ।भुटानविरुद्ध ६ जुनमा खेल्दा  बलियो टोली थाइल्यान्डविरुद्ध  नेपालले ७ जुनमा प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्तिम खेलमा मलेसियाविरुद्ध ९ जुनमा नेपाल मैदान उत्रने  छ । 

    नेपाली टिमका प्रशिक्षक महेश रिजाल एक महिना देखि टिम तयारीमा रहेको र तालिकाको अग्रस्थानमा रहेर नेपाल फर्कने बताए ।  ‘एक महिना देखि बन्द्र प्रशिक्षणमा आएका छौं । आवश्यक तयारी गरेका छौं ।  हाम्रो लक्ष्य अग्रस्थानमा रहने हो ।’ 

    नेपाली टिमः कृतिका मरासिनी (कप्तान) सानु राजवंशी, सृष्टि जैशी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, एलिसा यादव,  मनिसा उपाध्याय,   मनिसा राना मगर, साना प्रविन, आश्मा पुलामि मगर, किरण कुँवर, अनु कठायत, सुस्मिता भुषाल

  • सम्बन्धित विषय:

  • # क्रिकेट