शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इटाली र अर्जेन्टिना भिड्दै, कस्ले मार्ला बाजी ?

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 345
    SHARES
  • इटाली र अर्जेन्टिना भिड्दै, कस्ले मार्ला बाजी ?

    एजेन्सी । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति भहाभिडन्त हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।

    images

    ‘फाइनलसिमा’ प्रतियोगिता अन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा छ । यस्तै इटाली पनि खेलमा दबाब दिँदै आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ ।

    लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना विश्वकप फुटबल अघि उपाधि जित्ने योजनामा छ ।​ वेम्बलीमा भएको फाइनलमा इटालीले इङ्ल्यान्डलाई ३-२ गोलले हराएर युरो २०२० को उपाधि जितेको थियो । अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएर कोपा अमेरीकाको थियो ।

    images

    यस्तै यता इटाली डिफेन्डर तथा कप्तान जर्जियो चिलिनी अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । उनले यस खेलबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल