बिज्ञान कार्की/ जेठ १८ काठमाडौं । मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल–भारत टि२० क्रिकेट खेल हुने खेलको प्रायोजकको रूपमा गरिमा विकास बैंक जोडिएको छ।
गरिमा विकास बैंक लाजिम्पाटमा काठमाण्डौमा सम्झौता भएको थियो। गरिमा विकास बैंकका सिइओ गोविन्द प्रसाद ढकाल र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ता बीच सम्झौतामा हस्ताक्षर भएको थियो।
व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले गरिमा विकास बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन्।
गरिमा विकास बैंकका सिइओ गोविन्द प्रसाद ढकाल अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्णले साथ दिनु पर्ने उनको भनाइ रहेको छ।
नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०र१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।



