शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यूईएफए नेसन्स लिग आजबाट, पोल्यान्ड र वेल्स भिड्दै

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 661
    SHARES
  • यूईएफए नेसन्स लिग आजबाट, पोल्यान्ड र वेल्स भिड्दै

    एजेन्सी । यूईएफए नेसन्स लिग सिजन २०२२/२३ बुधबारबाट सुरु हुँदै छ । यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ । 

    images

    प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् । यस्तै वेल्सले विश्वकप प्लेअफसहित चार खेल खेलेको छ । प्रतियोगितामा सहभागी भएका स्कटल्यान्ड र युक्रेन विश्वकपको प्लेअफ सेमिफाइनलमा बुधबार नै प्रतिस्पर्धा गर्दैछन् । 

    दुई वर्षमा आयोजना हुने नेसन्स कपको यो तेस्रो संस्करण हो । यसअघि पहिलो संस्करण सन् २०१९ मा पोर्चुगलले जितेको थियो । 
    यस्तै, सन् २०२१ मा भएको फाइनल खेलमा स्पेनलाई हराउँदै फ्रान्सले दोस्रो संस्करणको उपाधि जितेको थियो । 

    images

    बुधबार सुरु हुने खेलमा पोल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार पौने १० बजे पोल्यान्डमा हुनेछ । दुई राष्ट्रको प्रतिस्पर्धामा अनुभवी अट्याकरद्वय रोवर्ट लेवान्डोस्की र गेराथ वेल सबैको नजरमा पर्न सक्छन् । 

    पोल्यान्डका लेवान्डोस्की र वेल्सका वेल यसै सिजन व्यावसायिक फुटबल खेल्दै आएका क्रमशः वायर्न म्युनिख र रियल मड्रिड छाड्दैछन् । 
     

  • सम्बन्धित विषय:

  • # यूईएफए नेसन्स लिग