शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 432
    SHARES
  • इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

    एजेन्सी । फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

    images

    बुधबार राति इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले इटलीलाई ३-० गोलले हराउँदै च्याम्पियन बनेको हो ।

    अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले समान १/१ गोल गरे । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोलमा असिस्ट गरे । भने मार्टिनेजले अर्को असिस्ट दिए ।

    images

    खेलको २८ औं मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एङ्गल डी मारिया टोलीलाई २-० गोलको आरामदायी अग्रता दिलाए ।

    त्यस्तै खेलको इन्जुरी समयमा डिबालाले गोल गरेपछि अर्जेन्टिनाले ३-० गोलको सहज जित निकाल्यो । उक्त प्रतियोगिताको उपाधिका लागि कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना र युरो कप च्याम्पियन इटालीबिच प्रतिस्पर्धा भएको हो । 

  • सम्बन्धित विषय:

  • # फुटबल