एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्यान्ड विजयी सुरुवात गरेको छ । बुधबारबाट सुरु भएको सो प्रतियोगिता पोल्यान्डले वेल्समाथि २-१ गोलको रोमाञ्चक जित निकालेको हो ।
निकै प्रतिस्पर्धामा बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ रऔं मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।
यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । उक्त जितसँगै ३ अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।



