शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्यान्डलाई ३-१ ले हराउँदै युक्रेन विश्वकप नजिक

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 324
    SHARES
  • स्कटल्यान्डलाई ३-१ ले हराउँदै युक्रेन विश्वकप नजिक

    एजेन्सी । स्कटल्यान्डलाई ३-१ गोलले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।

    images

    स्कटल्यान्डको हाम्पडेन पार्कमा भएको खेलमा पाहुना टोली युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले १/१ गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए ।

    यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो । कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर माहादेशीय छनोटबाट अब वेल्स र युक्रेन, अष्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट